• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै ….


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । शुक्रबार (आज) अपरान्ह ४ बजे
प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सरकारका

प्राथमिकता, नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमाथि प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुनेछ ।अध्यादेशमार्फत बजेट ल्याउन लागेको बेला त्यसको पूर्वसन्ध्यााम प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाल्नुभएको हो । यसपालि सरकारको नीति तथा कार्यक्रम भने आएको छैन । संवैधानिक व्यवस्था अनुसार भोलि (जेठ १५ गते) बजेट आउँदैछ । तर संसद नरहेको अवस्थामा पनि अध्यादेश मार्फत् पूर्ण बजेट नै ल्याउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ४ बजेतिर सम्बोधन गर्न लागेका हुन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ । बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भोलि अपरान्ह ४ बजे सार्वजनिक गर्नेछन्।

सरकारले १५ दिनअघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भएपनि यो पटक नीति तथा कार्यक्रम आएन । प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अध्यादेशबाट बजेट ल्याउन लागिएको हो।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार