• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सुनसरीमा निषेधाज्ञाको अवधि जेठ २२ गते सम्म थपियाे, अटेर गर्रेलाई पटकै पिच्छे दुई सय जरिवाना


इनरुवा / सुनसरीमा निषेधाज्ञाको अवधि जेठ २२ गते सम्मलाई थपिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जेठ २२ गते मध्यरात सम्म

निषेधाज्ञा कायम गरिएको बताए । प्रजिअ ढकालले जिल्लामा जारी निषेधाज्ञाकै कारण कोरोना भाइरस फैलने क्रममा कमी आएकाले एक साताको समय थप गरिएको जानकारी दिए । ढकालका अनुसार निषेधाज्ञाको अवधिमा यस अघिका निर्णय स्वतः लागु रहने छन् । त्यसका अलावा सरकारद्वारा जारी कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको प्रावधान अनुरुपको व्यवस्था लागु हुनेछ । अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा पु¥याए एक वर्ष र उल्लंघन गरे मात्र पनि ६ महिना कैद हुने व्यवस्था गरेको छ ।

आदेश नमान्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले सिधै एक लाख र संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ ।
त्यसका साथै सुरक्षाकर्मीले अध्यादेश बमोजिम अब मास्क नलगाउने, अटेर गरी हिंड्नेको हकमा पटकै पिच्छे जरिवाना लगाउन सक्ने छन् ।

सुनसरी प्रशासनले समेत थपिएको अवधिमा सोही अनुरुपको कडाइ गर्न निर्देशन दिइएको जनाएको छ ।अब मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय जरिवाना हुनेछ । निषेज्ञाको अवधिमा अटेर गर्रेलाई सुरक्षाकर्मीले पटकै पिच्छे दुई सय जरिवाना गर्न सक्नेछ ।

त्यसका साथै रोक लगाइएको अवस्थामा अत्यावश्यकमा अनुमती वाहेक सवारीसाधन चलाएको पाइए दुई पांग्रेको हकमा दुई हजार र अन्यको हकमा पाँच हजार जरिवाना हुने छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार