• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ १५ गते शनिवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ १५ गते, शनिवार, २९ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, तृतीया तिथि (१०ः३६ बजेदेखि चतुर्थी)। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि–
धनु। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०६:५८ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन लाभ पनि हुनसक्छ, तर स्वास्थ्य प्रति अतिनै सजग रहनु पर्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रविधि मार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघाले दुख दिन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार