• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सुकेटार विमानस्थलको नाम रवीन्द्रको राख्दा योगेशको बुझेन चित्त, ‘रवीन्द्रको सुकेटारसँग कुनै साइनो छैन’


काठमाडौं : सरकारले सुकेटार विमानस्थल को नाम रवीन्द्र अधिकारीको नाममा राखेकोमा पूर्वमन्त्री एवं एमाले नेता योगेश भट्टराईले
असन्तुष्टि जनाएका छन्। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत ताप्लेजुङमा रहेको सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारीको नाममा

राखिने घोषणा गरेका हो।मन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको हेलि दुर्घटनामा निधन भएको थियो। सोही दूर्घटनामा मृत्यु भएका व्यवसायी आङछिरिङ शेर्पाको नाममा चुहान डाँडा विमानस्थलको नामाकरण गरिने सरकारले जनाएको छ।नामाकरणबारे योगेशले असल काम असल नियत भएमात्र राम्रो हुने बताएका छन्।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘एतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, साअन्दर्भीकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ। यसरीमात्र सहभागीता मुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सही प्रकृयाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ। अन्यथा विवाद, विभाजन र अनावश्यक तनाबमात्र झेल्नु पर्दछ।


ताप्लेजुङको विमानस्थलको नाम परिवर्तन कुनै साइनो नभएको योगेशको भनाई देखिन्छ। बरु पोखरा विमानस्थलको नाम रवीन्द्रको नाममा राख्न उपयुक्त हुने र यसमा आफूले प्रयास गरेको योगेशको तर्क देखिन्छ।

उनी मन्त्री रहँदा प्रेस संयोजकको जिम्मेवारी पाएका प्रेम गुरागाईले यसबारे सामाजिक सञ्जालमा खुलाएका छन्। ‘ताप्लेजुङको सुकेटार विमानस्थलको नाम पो परिवर्तन गरेर रविन्द्र अधिकारी विमानस्थल राखिएछ! कसरी, कहाँबाट कसलाई, के खाँदा आँउछ हौ यस्तो करोडौंको ठट्टा गर्ने (कु)बुद्धि! मेरो आदर्श मेरो आस्था मेरो विश्वास मध्येको एक स्व रविन्द्र अधिकारीप्रति सम्मान होइन अपमान हो! रविन्द्र दाई र सुकेटार विमानस्थल को कुनै साईनो छैन!

गुरागाईले पोखरा विमानस्थलको नाममा रविन्द्र अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल राख्ने विषयमा छलफल भएको खुलाएका छन्। ‘गत साल पोखरा विमानस्थलको नाम रविन्द्र अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल राख्ने विषयमा छलफल भएको र पोखरा विमानस्थल रवीन्द्र दाईको प्रस्ताव र परिकल्पना रहेको हुँदा रवीन्द्र दाईको गृह जिल्लासमेत भएको हुदा यो नाम सुहाउँदो थियो!

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार