• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपालमाथि खनिए ओली : देशकाविरुद्ध बहुतै ठुलो अनिष्ट काम गरिरहेका छन्


काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली आफूले कारवाही गरेका नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालप्रति थप खनिएका
छन्।तेस्रो महिला अधिकार दिवस लाई सम्बोधन गर्दै ओलीले नेपालले संसदीय मर्यादा नाघे को भन्दै आक्रोश व्यक्त गरे। उनले संसदीय मर्यादा

नाघेर नेपालले सरकारका विरुद्ध अविश्वास र नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागेको बताए। नेपाल समूहका नेताहरुले खाएको शपथभित्र कपट लुकेको ओलीको आरोप थियो।’पार्टी मान्न नपर्ने। कहिले फ्लोर क्रस। आफ्नो सरकारविरुद्ध कहिले अविश्वास। कहिले अर्काको सरकार बनाउन त्यहाँ पुग्ने। दलीय संसदीय प्रणाली या अरु कुनै प्रणाली तिनका शपथ बेइमानी हो। तीनका शपथ भित्र कपट लुकेको हुन्छ। देशकाविरुद्ध बहुतै ठुलो अनिष्ट काम गरिरहेका छन्,’ उनले भने।

माथिबाटै धमिलो पानी बगाउने काममा नेपाल लागेको ओलीको आरोप छ।ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै विरोध गरेका छन्। उनले राष्ट्रपतिलाई अश्लिल रुपमा आलोचना गरेको आरोप लगाए।’उनीहरु पर पीडकको हिसाबमा छाडापन र अश्लीलताले समाजलाई अलमल्याउदै छन्। अर्काले पीडा र आँशुमा खुसी हुने प्रवृति देखिन्छ।

परपीडक, अश्लिल तत्वहरु अहिले पनि घृणा फैलाउने काम गरिरेहका छन्। जसको पनि अपमान गर्न सक्यो भने। उच्च मर्यादामा रहेका व्यक्तिलाई अश्लील भाषामा गाली गर्ने प्रवृति समाजका लागि कति हानिकारक छ,’ उनले भने।

उनले आफू नेतृत्वको सरकार महिला हिसांका घटना नियन्त्रणका लागि संवेदनशील भएको बताए। माधव नेपालमाथि खनिए ओली : देशकाविरुद्ध बहुतै ठुलो अनिष्ट काम गरिरहेका छन्

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार