• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपाल समूहका नेतालाई कारवाही गर्न बालुवाटारमा बोलाइएको एमाले बैठक किन भयो स्थगित ?


काठमाडौं : नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ। आइतवार साँझ ५ बजेका लागि बोलाएको बैठक आकस्मिक
रुपमा स्थगित गरिएको हो। बालुवाटारमा बोलाइएको आइतवारको बैठक अब सोमवार विहान १० वजे बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले

जानकारी दिए।तयारी नपुगेको भन्दै भोलि बिहान सम्मका लागि स्थगित गरिएको उनको भनाई छ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाटै निष्काशन गरिसकेका छन् भने थप १२ जनालाई आजको बैठकमा कारवाही गर्ने तयारी भएको थियो। नेपाल समूहका ११ जनालाई कारवाही भइसकेको छ भने बाँकी १२ जना पनि कारवाहीको प्रक्रियामा रहेको ओली समूहक नेताहरुको भनाई छ।नेपाल समूहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको थिएन भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छ। हस्ताक्षर गरेका सांसदहरुले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्चमा निवेदन दिएका छन्।

कपिलवस्तु अस्पताललाई ११ थान अक्सिजन कन्सन्टेटर सहयोग
लुम्बिनीस्थित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठानले कपिलवस्तु अस्पताललाई २५ लाख मुल्य बराबरका ११ थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरेको छ । लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान अन्र्तगत रहेको वोधी इन्स्टिच्युटले क्यानडामा बस्दै आएकी धर्मआमा रबौद्ध धर्मावलम्वी गुरुआमाले संकलन गरेको सहयोगबाट सो अक्सिजन कन्सन्टेटर खरिद गरी कपिलवस्तु अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल परिसर तौलिहवामा लुम्बिनी सामाजिक सेवा प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका संरक्षक भिक्षु मैत्तेय र लुम्बिनीबौद्ध विश्वविद्यालयका प्राध्यापक गुनाखर गैरेले संयुक्तरुपमा सो कन्सन्टेटर प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेलाई हस्तान्तरण गरेका हुन्।

कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएको खबर पाएपछि अभावमा कसैको ज्यान नजाओस् भन्नका लागि सबैको सहयोगबाट कन्सन्टेटर मेसिनलगायत अस्पतालका स्वास्थ्यकर्मीलाई खानानास्ताको प्रबन्ध गरिएको लुम्बिनी सेवा प्रतिष्ठानका संरक्षक तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका भिक्षु मैत्तेयले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार