• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ १७ गते सोमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ १७ गते, साेमवार, ३१ मे २०२१। ज्येष्ठ कृष्णपक्ष, पञ्चमी तिथि (प्रातः ७ः१८ बजेदेखि षष्ठी)। श्रवण नक्षत्र (२१ः१२ बजे
देखि धनिष्ठा)। चन्द्रराशि– मकर। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:४३ बजे, काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कामको धपेडी भएपनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार