• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ १८ गते मङ्गलवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेेठ १८ गते, मंगलवार, १ जुन २०२१। ज्येष्ठ कृष्ण पक्ष षष्ठी तिथि (प्रातः ६ः१३ बजे देखि सप्तमी )। धनिष्ठा नक्षत्र (२१ः०८
बजेदेखि शतभिषा)। चन्द्रराशि– मकर ( ९ः०७ बजेदेखि कुम्भ )। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५ : ०५ बजे र सूर्यास्त :

साँझ ०६:४३ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०० बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुनेछ । प्राविधिक कार्य राम्रो हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । लाभदायक योजना बन्ला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । स्वादिष्ट र मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार