• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेमा फेरि ‘युद्धविराम’ ओली-नेपाललाई मिलाउन भित्रभित्रै बैठक, सहमतिका लागि यस्तो पहल


काठमाडौं:नेकपा एमालेको विवाद मिलाउन फेरि दोस्रो तहका नेता सक्रिय भएका छन्। बालुवाटारमा बोलाइएको स्थायी कमिटीको बैठक अघि प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति गराउन दोस्रो तहका नेता

सक्रिय भएका हुन्।नेपाल समूहका स्पष्टीकरण सोधिएका १२ नेतालाई कारवाहीकी तयारी भए पनि तत्काल कारवाही रोकेर सहमतिका लागि गृहकार्य भइरहेको छ। त्यसका लागि एमलेको दोस्रो तहका नेताहरु अबेर राति याक एण्ड यतिमा छलफलमा जुटेका थिए।
सहमतिका लागि यस्तो पहल
नेकपा एमालेको विवाद मिलाउन नेपाल र ओली १० सदस्यीय वार्ता टोली गठन गर्न सहमत भएका थिए। जेठ २ मा वार्ता टोली बनेयता दोस्रो तहका नेता पार्टीको विवाद उत्कर्षमा पुगेका बेला पनि संवादमा जुटेको ओली निकट नेता तथा ओली समूहका वर्ता टोली प्रमुख सुवास नेम्वाङले जानकारी दिए। उनले पहिलाकै सहमतिलाई निरन्तरता दिएर अगाडी बढने गरी छलफल भइरहेको बताए।

‘पहिलाकै सहमतिमा अगाडि बढनेगरी हामी छलफलमा जुटेका हौ,’ उनले भने। जेठ २ मा ओली र नेपालबीच नेपालले सरकारलाई सहयोग गर्ने र ओली जेठ २ मा फर्कने सहमति भएको थियो। तर त्यसयता ओलीले प्रतनिधि सभा विघटन गरेपछि एमालेको विवाद चर्किएको हो। नेपाल समूहका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। २३ जना नेपाल समूहका सांसदले देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै अदालतमा रिट निवेदन दर्ता गरेका छन्। निवेदन दर्ता गरेपछि ओलीले नेपाल सहित ११ जनालाई पार्टीबाट निष्काशन गरेका थिए भने १२ जनालाई कारवाहीको तयारी भइरहेको छ।

बालुवाटारको बैठक रोकेर छलफलमा
ओलीले सोमवार बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाइएकोमा त्यो दिन बस्न सकेन। फेरी मंगलवारको बैठक पनि स्थगित गरिएको थियो। बुधवार ११ बजेका लागि बोलाइएको बैठक पनि केही समयका लागि स्थगित हुन सक्ने नेम्बाङले बताए। ‘आजको बैठक २/३ घण्टा स्थगित गरेर पनि आजै बस्छ,’ उनले भने।सहमतिका लागि निरन्तर सवांद भइरहेकाले बैठक सार्नुपनर्ने दोस्रो तहका नेताहरुले अडान राखेपछि ओली सहमत भएका थिए। यद्यपि मंगलवारको बैठक भने लुम्बिनी प्रदेशको राष्ट्रिय सभाको उप-निर्वाचनका कारण रोकिएको बताइएको थियो।

कसको हुन्छ जित?
एमालेका दुवै समूहभित्र हाल ‘हार्ड लाइनर’ र ‘सफ्ट लाइनर’ नेताहरु देखिएका छन्। ओली र नेपाल समूहभित्र एमाले विभाजन गर्न नहुने र अब अलग हुनुको विकल्प नभएको दुई थरी मत छ। नेपालले अलग्गै पार्टी दर्ताको तयारी गरेको भए पनि नेपाल समूहका नेताहरु योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टका कारण रोकिएको छ।

उनीहरुले एमालमै रहेर संघर्ष गर्नुपर्ने भन्दै वार्ताको पहल गरिरहेका छन्। तर नेपाल आफै भने अब ओलीसँग मिल्न नसकिने निष्कर्षमा पुगेको उनी निकट नेताहरुको भनाई छ। ओली निकट नेता नेम्बाङ पनि हाल एमालेमै मिल्न हुने र नहुने नेताहरुबीच द्वन्द्व भइरहेको बताउछन्। उनले मिल्न हुने र नहुनेबीच जो अघि निर्णयमा पुग्यो उसकै जित हुने बताए। ‘मिल्न हुने र नहुनेबीच अहिले लडाइ भइरहेको छ। हामी मिलाउन पनि लागेका छौ। केही फुटाउन लागेका छन्। जसले जित्यो अब त्यही हुन्छ,’ उनले भने।

यसरी भाडिदै एमालेको सहमति
ओली नेपाल दुबैले एक अर्कालाई घुर्काउनेदेखि निर्णायक कदमको लागि तयारी गरिरहेका छन्। नेपालले नयाँ पार्टी दर्ता देखि संगठन विस्तारलाई तीब्रता दिँदा ओलीले भने कारवाहीको डण्डा चलाइरहेका छन्। दोस्रो तहका नेताहरुबीच जेठ ९ गते राति सहमति भएको भए पनि १० गते फेरि नेपाल समूहका नेता देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै अदालतमा गएपछि वार्ता भाँडिएको थियो। हाल नेपालले अब आफू धेरै दिन कुर्न नसक्ने भन्दै आफ्ना समूहका दोस्रो तहका नेतालाई चाडो निष्कर्षमा पुग्न निर्देशन दिएका छन्।

‘चाडै अब निष्कर्षमा पुग्नुस् भन्नुभएको छ,’ नेपाल निकट एक नेताले भने। यद्यपि नेपाल निकट केही नेताहरु भने अब एमाले एक रहने सम्भावना नै नभएको दाबी गरिरहेका छन्। नेपाी समूहका १५ स्थायी कमिटी सदस्यले केहि दिन अघि विज्ञप्ति जारी गरेर निर्णायक कदमका लागि तयारी भएको बताएका थिए।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार