• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सीजीकाे इन्टरनेट सेवा : ९९९ मा १ सय २० एमबीपीएस इन्टरनेट


काठमाडौं चौधरी ग्रुपअन्तर्गत को सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुचारु गरेको छ। कम्पनीले मंलबार
देखि १ सय २० एमबीपीएस स्पिडको सेवा ललितपुरको जावलाखेल वरपर तत्काल जडान गर्न सकिने गरी सेवा सुचारु गरेको हो।यस कम्पनीले

मासिक ९ सय ९९ रुपैयाँमै यो स्पिडको इन्टरनेट सेवा प्रदान गर्ने जानकारी दिएको छ । हाल कम्पनीले व्यक्तिगत र संस्थागत ग्राहकलाई सो सेवा प्रदान गर्ने जानकारी दिएको छ ।भिडियो, ओटीटी प्लेटर्फम, ‘वर्क फर्म होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर सेवा सुरुवात गरेको सो कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा ९ सय ९९ रुपैयाँमै १२० एमबीपीएस स्पिड पाइने
सुरुवातमा हाम्रो सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि ललितपुरको जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले हाम्रो सेवाको फाइदा उठाउन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ ।

यी क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी यस कम्पनीको वेभसाइटमा उपलब्ध हुने सो कम्पनीले जनाएको छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने लक्ष्य राखिएको सो कम्पनीले जानकारी दिएको छ ।हाल यस कम्पनीले ग्राहक सेवा केन्द्रहरू तत्कालका लागि सीजी डिजिटलका शाखा (जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जानकारी दिएको छ । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिनेछ ।

सेवा शुभारम्भका अवसरमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९ सय ९९ रुपैयाँ शुल्क तोकेका छौं । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, तीन महिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुनेछ । हाल सञ्चालित अन्य इन्टरनेटभन्दा धेरै सस्तो सीजीको इन्टरनेट प्रयोग गर्ने उपभोक्ताले अब जम्मा ११ हजार ९ सय ८८ रुपैयाँमा एक वर्षको इन्टरनेट सेवा पाउनछन् ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए । दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको र अहिले माग पनि बढ्दो रहेको बताउँदै चौधरीले भने, ‘नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दरिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।’

यसैगरी, उनले नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरू सक्षम हुने बताए । यसैगरी, हाल तोकिएको मूल्यमा दूरसञ्चार सेवा शुल्क समावेश रहेको मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने सो कम्पनीले जनाएको छ ।

बड्दो सेवाप्रदायकबीच उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने अवसर पाएको सो कम्पनीले जनाएको छ । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिबद्धताअनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए । नोकियाको प्रविधिले उच्च गतिको सेवा प्रदान गर्न र भविष्यको बढ्दो बजारको मागलाई पूर्ति गर्न आफूहरूसक्षम हुने उनले बताए । तोकिएको मूल्यमा दूरसञ्चार सेवा शुल्क समावेश रहेको मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने सो कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १९ गते बुधवार