• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ २० गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ २० गते, बिहीवार, ३ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष अष्टमी तिथि (प्रातः ५ः२८ बजेदेखि नवमी)।
पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ, १६ः११ बजेदेखि मीन। इटहरी, सुनसरी,नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त :

साँझ ०६:४४ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०६:५४ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अनुहारमा छनक र मनमा प्रसन्न छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन मि
ल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ ।चिताएको कामले तीव्रता लिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ ।छोटो यात्राको योग पनि रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार