• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, के के छन् एजेन्डा ?


काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो ।
बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।उनका अनुसार बैठकमा

पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ ।एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।यसअघिको बैठकले माधवकुमार नेपाल पक्षका १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्। एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुनसक्ने बताइएको छ । ओलीले माधवकुमार नेपाल र झलनाख खनालसहितका सांसदलाई स्पष्टीकरण मागेको भएपनि उनीहरुले स्पष्टीकरण नबुझाउने अडान लिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेपाल-खनालसहित ११ जनालाई ओलीले पार्टीबाट निष्कासित गरेका थिए। पार्टीभित्र विवाद चर्किदै गएपछि नेपाल पक्षले भने बेग्लै पार्टी खोल्ने तयारी गरिरहेको छ।

एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार