• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सुदूरपश्चिम : संसदीय दलका नेता शाह लाई ओलीले सोधे स्पष्टीकरण,कार्यदलको औचित्य समाप्त भइसकेको छ, तत्काल वार्ता बन्द गरौं


धनगढी । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाह लाई ४८ घण्टे
स्पष्टीकरण सोधेका छन् ।पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोधेका

हुन् ।ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर चार मन्त्री र तीन राज्यमन्त्री बनेका छन् । मन्त्री दल नेता शाह दोहोरिए ।
कार्यदलको औचित्य समाप्त भइसकेको छ, तत्काल वार्ता बन्द गरौं : नेपाल पक्षका चार नेता (पत्रसहित)
काठमाडौं : माधवकुमार नेपाल पक्षका चार नेताले एमालेको आन्तरिक विवाद मिलाउन बनेको कार्यदलको औचित्य नै समाप्त भइसकेकोले वार्ता बन्द गर्ने लिखित सुझाव दिएका छन्। नेपाल र झलनाथ खनाललाई लिखित ध्यानाकर्षण गराउँदै जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र राजेन्द्र राईले वार्ता गर्न गठित कार्यदलको औचित्य नै सकिएको बताएका छन्।

उनीहरुले ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं।’ जसमा ज्वाला कर्णाली प्रदेशका फ्लोर क्रम गरेको आधारमा पार्टीबाट निस्कासित भएका हुन्। खनाल-नेपाल पक्षका प्रमुख नेताहरूलाई पार्टीबाटै निष्कासन गरिसकेको, कार्यदलका सदस्यसमेत निष्कासित भइसकेको अवस्थामा त्यो कार्यदलको औचित्य नै समाप्त भइसकेको हुनुपर्नेमा कार्यदलकै नाममा छलफल भइरहेको भन्ने सुन्न पाउनु आफैँमा आश्चार्यजनक भएको उनीहरुको भनाइ छ।

‘त्योभन्दा पनि आश्चार्यजनक छ कि हाम्रा स्थायी कमिटीका सदस्यहरू कोही वार्तामा जाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुग्नु भएको देखिएको छ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यो परिदृष्यले पनि हामी के निर्णय लिन्छौँ,कस्ता कामहरू गर्छौं, क-कसले जवाफदेहिता बहन गछौँ र कसरी आफ्नो विचार समूहको एकतालाई कमजोर पारिरहेका हुन्छौँ भन्ने प्रष्ट पारेको छ।’

केपी ओली नेतृत्वको सरकार संकटमा परेकोले कारण अल्झाउने काम भइरहेकोप्रति सचेत हुनु पर्ने उनीहरुको मत छ। ‘ओलीको लोकप्रियता समाप्त प्राय छ। देश भित्रको राजनीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ, तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन्, उनीहरूको स्वार्थको लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विष्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी भएको ध्यानाकर्षण्ण पत्रमा उल्लेख छ।

अध्यक्ष ओली र उनका समर्थकहरू यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गरिरहेको उनीहरुको आरोप छ। ओलीको अपराधजन्य कार्यहरूलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाईदिने,पार्टीमा विद्रोह गर्ने हजारौ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाईदिने, अब केपीओली सँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता कमजोर हुनेछ उनीहरुको ध्यानाकर्षणका उल्लेख छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार