• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

सुनसरीमा जेठ ३१ सम्म निषेधाज्ञा थपियाे, इटहरीका टोलमै पुगेर कोरोना परीक्षण …..


इनरुवा / डीसीसीएमसी सुनसरीले जिल्लाको हकमा जेठ ३१ गते सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय
सुनसरीमा बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ ३१ गते सम्म निरन्तरता दिने निर्णय गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार

ढकालले निषेधाज्ञा थप भएको जानकारी दिएका हुन् । प्रजिअ ढकालले निषेधाज्ञाका कारण चहलपहलमा आएको कमीका कारण कोरोना भाइरस फैलन रोकिए पनि जोखिम भने कायमै रहेकाले निषेधाज्ञा थपको निर्णयमा पुगिएको बताए । ढकालले जिल्लामा संक्रमण दर घट्दो क्रममा रहेको भएपनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै हतार गर्न नहुने निष्कर्शमा पुगी निषेधाज्ञा थप गर्नेे निर्णय लिइएको बताए । प्रजिअ ढकालका अनुसार थपिएको अवधिमा यस अघि गरिएका निर्णय कायमै रहने छन । ढकालका अनुसार बिकास निर्माणका कार्य निर्वाध संचालन गर्न दिइने छ भने कामदार र मजदुरको हकमा आवतजावतमा सहजिकरण गरि सहजता दिलाइने छ ।

इटहरीका टोलमै पुगेर कोरोना परीक्षण

इटहरी / इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ ।

एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ । समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा वस्दा अपनाउनु पर्ने सावधानीका वारेमा पनि जानकारी दिने गरिएको छ ।यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजे सम्म निशूल्क पिसिआर परीक्षण जारी राखेको छ । दिनमा सय वढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशूल्क परीक्षण गरिरहेको हो ।अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ स्वास्थ्य शाखाकी पुजा भटटराईले भनिन् “हिजो स्वाव संकलन गरेकै दिन रिर्पोट आयो ढिलो हुदाँ पनि भोलिपल्ट त आँउछ । ” प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।

इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उनिहरुको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गरेका छन् । इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरु सँग जुम छलफल कार्यक्रम समेत गरेको छ । इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । इटहरी उपमहानगरले इटहरी रंगशालामा संचालन गरेको ५० वेडको अक्सिजन सहितको आइसोलेसनवाट संक्रमित नगरवासीले सेवा लिइरहेका छन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार