• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राजेन्द्र महतो उपप्रधानमन्त्री, जसपाबाट को-को भए मन्त्री ?


काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा )को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे
राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतो को नेतृत्व मा सरकार मा जान लागिएको हो । शरदसिंह भण्डारी, अनिल झा,

लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया मन्त्री बन्नेछन् । महतो उपप्रधान तथा शहरी विकास मन्त्री हुनेछन् भने भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दा श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय परेको छ ।यस्तै चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकबाल मिया वन तथा वातावरण् मन्त्रालयको जिम्मेवारी दिइने जसपाका एक नेताले बताए ।जसपाले दुई राज्यमन्त्री पनि टुंगो लगाएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ शपथ गराउने गरी सजपा नेतालाई प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लागेका हुन् । जसपाले राजेन्द्र महतोको नेतृत्वमा नेताहरुलाई सरकारमा पठाउन लागेको हो । महतोलाई उपप्रधानमन्त्रीसहितको शहरी विकास मन्त्री मन्त्रालय दिने तयारी ओलीले गरेका छन् । साँझ ६ बजे शपथ गर्नेगरी तयारी भइरहेको स्रोतको दाबी छ ।

जसपाको तर्फबाट शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, एकबाल मिया, रेणुका गुरुङ, चन्दा चौधरी मन्त्री बन्दैछन् । जसपा नेता केशव झाका अनुसार राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास, शरतसिहं भण्डारी- ऊर्जा,

अनिल झा- खानेपानी, बिमल श्रीवास्तव- श्रम, उमाशंकर अरगरिया- युवा, लक्ष्मणलाल कर्ण- भुमिसुधार, चन्दा चौधरी – महिला, एकबाल मियाँ- वन, चन्द्रकान्त चौधरी – उर्जा राज्य मन्त्री, रेणुका गुरुङले महिला राज्य मन्त्रीको रुपमा शपथ लिँदैछन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार