• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

चार जनाबाहेक सबै मन्त्री बाहिरिने,विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री, ईश्वर पोखरेल बाहिरिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषद मा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् ।प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमाले का दुई मन्त्रीलाई शपथ गराउ ने तयारी गरेका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने भएका छन् । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् ।उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।अब परराष्ट्र मन्त्रालयको जिम्मा एमालेका रघुबीर

महासेठले पाउनेछन् । उनी उपप्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा सहभागी हुनेछन् । यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपप्रधानमन्त्री बन्ने भएका छन् ।

वनमन्त्री आले ‘आउट’, एकबाल मिया ‘इन’
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ८ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुने भएको छ । मन्त्रीहरुको सपथ केहीबेरमा हुँदैछ ।

हाल ओली सरकारमा ८ मन्त्रालय सम्हाल्दै गरेका मन्त्रीहरुमध्ये तीन मन्त्री भने मन्त्रालयविहीन हुने भएका छन् ।महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सम्हाल्दै आएको ठाउँमा जसपाबाट मन्त्री बन्नेहरुले मन्त्रालयको कमान्ड सम्हाल्दै छन् ।

उनीहरुको ठाउँमा चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, एकबाल मियाले आलेले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय, र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दै छन् ।

यसरी तीन मन्त्रालयको जिम्मेवारी खोसिएसँगै वर्तमान मन्त्रीहरु मन्त्रालयविहीन भएका छन् । अब उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी व्यवस्थापन गर्लान् भन्ने रहेको छ । हाल प्रधानमन्त्री जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय आफूले नै चलाउँदै आएका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते शुक्रवार