• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ ज्येष्ठ २४ गते सोमवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ जेठ २४ गते, सोमवार, ७ जुन २०२१। ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि (प्रातः ९ः१४ बजेदेखि त्रयाेदशी)।भरणी नक्षत्र।चन्द्रराशि–
मेष। इटहरी, सुनसरी, नेपाल मा सूर्योदय : बिहान ०५ :०४ बजे र सूर्यास्त : साँझ ०६:४६ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान

०५:१० बजे र सूर्यास्त : साँझ ०६:५६ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी निकायको भय र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति पनि सजग रहनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला । कुनै कुराले चित्त पनि दुख्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ, तर आज झुट बोल्न बाध्य पनि भाईएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पुरा होला । नयाँ कार्यको योजना बन्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । छोटो यात्राको योग पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जोश जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्ला , तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक कार्यमा मन जाला । मनपरेको खानेकुराका परिकार खान पाइनेछ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाइनेछ, शेयर बजारबाट पनि राम्रै लाभ मिल्न सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार