• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

ओलीले एकताको आह्वान गरेपछि खनाल-नेपाल पक्षले बोलायो आकस्मिक बैठक


काठमाडौं । नेपाल एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको
छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ २ मा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११

बजेलाई भर्चुअल बैठक बोलाएको हो । खनाल-नेपाल समूहकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको रातोपाटीलाई जानकारी दिइन् । उनले भनिन्, ‘औपचारिक छलफल गर्ने हो । केपी ओलीको वक्तव्यबाजी प्रक्रियाका एउटा सामूहिक वक्तव्य चाहियो । नभए यसबारे छलफल गर्नै जरुरी छैन ।’ प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गरेको उनको भनाइ छ । उहाँले अदालतलाई प्रभावित पार्नेका लागि एकताको नाटक मञ्चन गर्नु भएको प्रस्ट हुन्छ । केपी ओलीको जुन रवैया देखिएको छ । जस्तो मान्छेलाई सरकारमा सामेल अगाडि गइराख्नु भएको छ । त्यसले त सिद्धियो नि ?,’ उनी भन्छिन् ।

ओलीलाई साथ दिन सक्ने अवस्था नरहेको शाक्यले बताइन् । उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी साथ दिन सकिन्छ भन्या ? अब त झन झन मिल्न गाह्रो भइरहेको छ । एउटा एउटा फण्डा झिकेर अलमल्याउने काम भइरहेको छ । अब हामी अलमलिदैनौं । हामी भ्रममा छैनौं ।

हेर्नुस के छ ओलीको आवहान मा

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार