• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधवबीच छलफल : अदालतमा बुझाएको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने


काठमाडौं :नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्ड र एमाले नेता माधवकुमार नेपालबीच छलफल भएको छ। पाँच बजेपछि सुरु भएको बैठकमा ‘प्रधानमन्त्री केपी ओलीले अदालतलाई समेत

प्रभावित गर्ने प्रयास गरिरहेको’ विश्लेषण गर्दै विपक्षी गठबन्धनको नयाँ रणनीति र आगामी कदमबारे छलफल भएको छ। छलफलमा नेता नेपालले आफूसहित एमालेका सांसदहरूले अदालतमा बुझाएको हस्ताक्षर कुनै हालतमा फिर्ता नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।देउवा निवास पुग्नुअघि सोमबार नै प्रचण्ड र नेपालबीच कोटेश्वरस्थित एक व्यवसायीको घरमा छलफल भएको थियो। त्यो छलफलपछि दुवै नेता एउटै गाडीमा देउवा निवास पुगेका थिए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्ने सर्तमा पार्टी एकताको आह्वान गरेपछि राजनीतिक तरंगित भएको हो।अध्यक्ष ओलीले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गरेमा २०७५ जेठ ३ मा फर्किन तयार रहेको प्रतिवद्धतासहित एकताको अपिल गरेका छन्।स्रोतका अनुसार आफू अल्पमत परेर कमजोर भएपछि ओलीले फेरि फसाउनका लागि यस्तो फन्डा रचेको निश्कर्ष निकाल्दै ओलीको जालझेलमा अब नअलमलिने निश्कर्षमा आफू पुगेको जानकारी माधवले आइतबार राति नै आफू निकटलाई ब्रिफिङ गरेका थिए।

प्रचण्डसँगको भेट र देउवा निवासमा भएको छलफलमा पनि उनले त्यही निश्कर्ष पेस गरेका थिए। र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा एकीकरण भई नेकपा गठन भएको थियो। तर, सर्वोच्च अदालतले गत फागुन २३ गते उक्त एकीकरण बदर गर्दै साविक पार्टी ब्युँउताउने फैसला सुनाएको थियो। फैसलालगत्तै एमालेभित्र किचलो चर्किएको हो।माधव पक्षका २३ जना सांसदसहित कांग्रेस, माओवादी र जसपाका १४६ सांसदहरूले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। उता संस्थापन पक्षको भने नवौं महाधिवेशनको संरचनामा फर्किएर पार्टी एकता जोगाउन रिट फिर्ता लिनुपर्ने अडान छ।

अध्यक्ष रहेका प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने क्रममा गत वैशाख २७ गते माधव नेपालसहित २७ जना सांसदहरू अनुपस्थित भएपछि एमालेभित्रको आन्तरिक विवादले विस्फोटक मोड लिएको थियो। बुढानीलकण्ठमा वैशाख ३० गते ओली र नेपालबीच भएको साढे चारघन्टा लामो वार्तामा मिलेर अघि बढ्ने सहमति सहित कार्यदल बने पनि राष्ट्रियसभामा सरकार पक्षीय उम्मेदवार रामबहादुर थापा बादल पराजित भएपछि एकता प्रयास फेरि भाँडिएको थियो।

एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिपछि पार्टी विभाजनको अवस्थामा पुगेको हो। त्यसैगरी एमाले संस्थापन पक्षले घनश्याम भूसाल, सुरेन्द्र पाण्डेसहित १२ जनासँग कारबाहीका लागि स्पष्टीकरण सोधिसकेको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार