• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

‘संसद विघटन गलत हो’ भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई
प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदालतमा दर्ता गरिएको हस्ताक्षर फिर्ता नगर्ने निर्णय गरेको छ ।यो समूहको सोमबार बसेको भर्चुअल बैठकले

संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार एमाले एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि धारणा बनाउन नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको सोमबार भर्चुअल बैठक बसेको थियो ।बैठकले सर्वोच्च अदालतमा दायर रिटको हस्ताक्षर संसद् विघटनसँग सम्बन्धित रहेकाले हस्ताक्षर फिर्ताको प्रस्ताव नै गलत मनसायले राखिएको बैठकको निष्कर्ष छ । ओलीले आइतबार सार्वजनिक गरेको प्रस्तावको चौथो नम्बर बुँदामा ‘अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता हुनेछ’ भन्ने उल्लेख छ । ओलीले २ जेठ २०७५ अगाडिको पार्टी संरचना, विधान र नेतृत्वमा फर्किएको उल्लेख नगरी अमूर्त भाषा प्रयोग भएको नेपाल समूहको निष्कर्ष छ । तर, नेपाल समुहकै केही नेताहरू भने ओलीको प्रस्ताव सकारात्मक भएको बताएका छन् ।

सामाजिक सञ्जालको दुरुपयोग नगर्न अनुरोध
काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरो काठमाडौँले सामाजिक सञ्जालको दुरुपयोग नगर्न आम नागरिकमा अनुरोध गरेको छ । व्यूरोले आज एक सूचना जारी गरी सामाजिक सञ्जालको प्रयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्री बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्य भइरहेको तर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता कार्य नगर्न÷नगराउन आग्रह गरेको हो ।व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले हाल निषेधाज्ञाका समयमा पनि त्यस्ता गतिविधि देखिएकाले सार्वजनिक सूचनामार्फत सचेत गराइएको बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूबलगायतमा व्यक्तिको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न रोक लगाएका सामग्री सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने जनाइएको छ । साथै, त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेकोसमेत व्यूरोले जानकारी गराएको छ ।

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने तीन हजार ९६६ वटा सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई सचेत गराएर छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।नयाँ भेरियन्ट सहितको कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५४२ जनालाई निःशुल्क मास्क वितरण गरिएको र हालसम्म ४ लाख ५३ हजार लाई मास्क दिइसकिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६१६ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम रु ७५ हजार ३०० रुपैयाँ जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार