• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले सुदूरपश्चिम संसदीय दलको निर्णय, ओली पक्षलाई फरक मत पनि राख्न दिइएन


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ।मंगलबार
विहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा उभिने निर्णय गरेको सामाजिक विकासमन्त्री लालबहादुर खड्काले जानकारी दिए ।

बैठकमा केपी शर्मा ओली पक्षका सांसदहरुले भने मत दिन नहुने बताएका थिए । पार्टी केन्द्रको निर्देशनअनुसार विश्वासको मत नदिने बताएको सांसद पठान सिंह बोहोराले जानकारी दिए ।तर बहुमत सांसदहरु मत दिने पक्षमा उभिएपछि उनीहरुले फरक मत राख्न चाहेका थिए । तर बहुमत पक्षले फरक मत पनि राख्न नदिएको एक सांसदले बताए । २४ सदस्यीय संसदीय दलमका ओली पक्षका ७ जना छन् । नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै छन्। अहिले ९ बजेका लागि प्रदेश सभा बैठक तोकिए पनि विश्वासको मत लिनुअघि दलहरुको बैठक जारी छ।

माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघन गर्ने निर्णय गरेको छ। सुदुर पश्चिम प्रदेश एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले मुख्यमन्त्री भट्टकै पक्षमा मतदान गर्ने संसदीय दलबाट निर्णय भएको जानकारी दिइन्। एमाले संसदीय दलले केन्द्रको पार्टी निर्देशन विपरीत मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षले नोट अफ डिसेन्ट लेख्न खोजे पनि उक्त प्रयासलाई बहुमतिले अस्विकृत गरेको थियो।

एमाले केन्द्रले नेपाल पक्षका १५ जनालाई कारवाही गरेको थियो भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका थिए। यता नेपाली कांग्रेसको बैठक भने जारी छ।

बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन्।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार