• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले विवाद : कार्यकर्ताहरु एकता टरेको निष्कर्षमा पुगेका बेला पुन: दोस्रो तहका नेताहरु बार्तामा


एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् ।अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वक्तव्य
(पत्र) ‘वार’ चलेपछि सो पार्टी का दोस्रो तहका नेता पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्ता मा जुटेका हुन् । आईतबार ओलीले ६ बुँदे

सर्तसहित झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पार्टी एकताका लागि आव्हान गरेका थिए । त्यसको भोलिपल्ट सोमबार बरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई जवाफ दिदै पुनः ६ बुँदे प्रस्ताव स्मरण गराएका थिए । ओली र नेपालको पत्र वारपछि दुवै पक्षका नेता कार्यकर्ताले एकता टरेको निष्कर्षमा पुगेका बेला पुन दोस्रो तहका नेता सक्रिय बनेका हुन् । यसअघि खनाल नेपाल समुहले ओलीले वार्ताका नाममा अल्मल्याउने मात्र काम गरेको भन्दै कार्यदलको समेत औचित्य नरहेको बताएको थियो । सो समुहले व्यक्तिगत रुपमा नेताहरुले गर्ने वार्ताको औचित्य नहुने समेत स्पस्ट पारिसकेको थियो ।

सोही अनुसार मंगलबार अपरान्ह ओली र माधव पक्षका दोस्रो तहका केही नेताहरु अनौपचारिक वार्तामा बसेको बताइएको छ । ललितपुरको एक होटलमा ओलीका तर्फबाट सुवास नेम्वाङ,विष्णु पौडेल, प्रदीप ज्ञवाली तथा माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट वार्तामा सहभागी छन् ।गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किएको एमालेमा अध्यक्ष ओलीले सो फैसलाविपरीत निर्णय गर्दै अघि बढेकाले

त्यसलाई सच्याउनुपर्ने माधव नेपाल पक्षको अडान छ । साथै फागुन २३ पछि एमालेका नाममा भएका निर्णय खारेज गर्नुपर्ने तथा दोस्रो पटकको संसद विघटनप्रति ओलीले आत्मालोचना गर्नुपर्ने खनाल नेपाल समुहको प्रस्तावप्रति ओली सकारात्मक बन्न सकेका छैनन् । संसद विघटनविरुद्ध खनाल नेपाल समुह सर्वोच्च पुगिसकेका छन् । अध्यक्ष ओली आइतबार सार्वजनिक गरेको वक्तव्यमा माधव पक्षलाई सर्वोच्चको मुद्दा फिर्ता लिन आव्हान गरेका थिए ।

त्यसको जवाफमा माधव पक्षले उक्त मुद्दा कुनै हालतमा फिर्ता नहुने जवाफ दिइसकेको छ ।यस्तो अवस्थामा दोस्रो तहका नेताहरुको छलफलले एमाले एकता जोगिन्छ भन्ने विश्वास कमैले गरेका छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार