• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

मागेको जति मन्त्रालय नपाएपछि भड्कियो माओवादी, मुख्य मन्त्रीको पद पुन : धराप मा !


मागेको जति मन्त्रालय नपाउने भएपछि प्रदेश नम्बर २ सरकार मा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । माओवादी २ मन्त्रालय मागेको मा जसपा ले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताए पछि आक्रोशित बनेको माओवादी सरकारमा नजाने भएको हो।

माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताए । उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए । आजै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन । माओवादीसँग कुरा नमिल्दा काँग्रेसतर्फका मन्त्रीहरुको शपथमा पनि ढिलाइ भएको छ ।

एक हप्ताभित्र काँग्रेसको दोस्रो सत्तारोहण : मन्त्री छनोटमा निधि हावी, पौडेल पक्ष रित्तै !

नेपाली काँग्रेसले प्रदेश २ सरकारमा सहभागी भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारमा तीन मन्त्रीसहित काँग्रेस सरकारमा सहभागी बनेको हो ।प्रदेश २ काँग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा सामेल भएका छन् । यादवले भौतिक पूर्वाधार तथा यातायात, शर्माले ऊर्जा तथा खानेपानी र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।

मन्त्री छनोटमा निधि हावी, पौडेल पक्षले पाएन भाग
प्रदेश २ मा मन्त्री भएका तीनै जना काँग्रेसको संस्थापन पक्षनिकट हुन् । संस्थापन पक्षभित्र पनि यादव र सिंह निधिनिकट हुन् भने शर्मा सभापति शेरबहादुर देउवासँग नजिक मानिन्छन् ।यादव धनुषा ३ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी धनुषा काँग्रेसका जिल्ला सभापति पनि हुन् । शर्मा समानुपातिक सांसद हुन् । उनी पर्साका शर्मा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका छन् । सिंह सर्लाही क्षेत्र नं. ४ को (क) बाट निर्वाचित भएका थिए ।

उनी पहिले सांस्थापनइतरका काँग्रेस केन्द्रीय सदस्य अमरेश सिंहसँग निकट मानिएपनि पछिल्लो समय निधिसँग नजिकिएको पाइन्छ ।निधिले संस्थापनइतर पक्ष निकट कार्यकर्तालाई पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानदेखि प्रदेश मन्त्रीसम्म बनाएर आफ्नो पक्षमा ल्याएको देखिन्छ ।संस्थापन पक्षभित्रका अन्य सांसदहरुले मन्त्री बन्ने आकाङ्क्षा राखेपनि निधि हावी हुँदा देउवाले एक जनामा चित्त बुझाएका छन् । यस्तै काँग्रेस राष्ट्रिय पार्टी भएकाले पहाडी मूलका सांसदलाई पनि मन्त्री बनाउनुपर्ने देउवा पक्षभित्र आवाज उठेको थियो ।

काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यावदले सकारात्मक सन्देश दिने गरी एक जना पहाडीलाई प्रदेश २ को मन्त्री बनाउन सभापति देउवालाई सुझाव दिएका थिए । उनले बाराकी सांसद शोभा लामालाई मन्त्री बनाउन लबिङ गरेका थिए । तर त्यो सफल हुन सकेन ।

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते बुधवार