• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री


काठमाडौं । नेकपा एमाले मा माधव कुमार नेपाल पक्षमा रहँदै आएका गणेश पहाडी मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले
अध्यक्ष केपी शर्मा ओलीले बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेका थिए । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

दिइएको छ ।पार्टी २ जेठ २०७५ मा फर्किनुपर्छ भन्ने मत राख्दै आएको र अध्यक्ष ओलीको पछिल्लो वक्तव्यमा त्यसलाई स्वीकार गरेकाले मन्त्री बन्न तयार भएको पहाडीले बताए । उनले भने, ‘जेठ २ मा फर्किने भएपछि मैले पार्टीले दिएको जिम्मेवारी लिन लागेको हुँ ।’सिन्धुलीबाट निर्वाचित पहाडी माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिन्छन् । प्रतिनिधिसभा विघटन खारेज गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा पनि पहाडीले हस्ताक्षर गरेका थिएनन् ।

मन्त्रिपरिषद् विस्तार, बेलुका सपथ : को-को भए नयाँ मन्त्रीहरू ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नव नियुक्त मन्त्रीहरूलाई आजै शपथ गराउने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

एमाले नेता विष्णु रिजालले सात मन्त्री र एक राज्यमन्त्री थपिएको जानकारी दिएका छन् । उनका अनुसार नयाँ थपिने मन्त्रीहरुले आज दिउँसो ४ बजे शपथ लिनेछन्। नयाँ थपिने मन्त्रीहरुमा गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमा नैनकला थापा (वादल पत्नी), वनमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमा राजकिशोर यादव,

सामान्य प्रशासनमा गणेश पहाडी, रक्षामन्त्रालय प्रधानमन्त्री आफैँ, प्रधानमन्त्री कार्यालय रहने गरी मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा विक रहेका छन्।
गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री थपेका थिए।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार