• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

‘लिक्विड स्प्रे’ गरेर चुरेको भूक्षय रोक्ने वनमन्त्रीको योजना !


काठमाडौं । सरकार ले ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने नीति बजेट मा ल्याए पछि चुरे विनाश गर्न खोजेको भनी विज्ञहरुले चिन्ता
गरिरहे का छन् । यही बेला नव नियुक्त वन तथा भू-संरक्ष ण मन्त्री नारद मुनि रानाले स्प्रे गरेर चुरे संरक्षण गर्ने नयाँ योजना सुनाए का छन् ।

कुराकानीमा उनले चुरेको दोहन रोकेर त्यसमा परेका दरारहरुलाई समेत पुर्न माटो सिल गर्ने ‘लिक्विड’ स्प्रे गर्ने प्रविधि प्रयोग गर्ने बताए । ‘त्यसले भूक्षयलाई कम मात्रै गर्दैन, त्यहाँ नयाँ बोट विरुवा उमार्न पनि सघाउ पुग्छ र चुरे थप हराभरा हुन्छ ।’मन्त्री रानाले चुरेको विनाश रोकेर त्यसको संरक्षणलाई प्राथमिकता दिने आफ्नो योजना रहेको पनि सुनाए । ‘अष्ट्रेलिया र जर्मनीमा त्यस्तो ‘लिक्विड’ प्रयोग गरेर चुरेजस्ता कमलो माटो भएका क्षेत्रको संरक्षण गरिएको छ,’ उनले भने, ‘हामी पनि त्यस्तै प्रविधिमा जाने योजनामा छौं, राष्ट्रपति चुरे, तराई-मधेश संरक्षण समितिसँग यसबारे छलफल गर्छौं ।’चुरेको संरक्षणमा कुनै सम्झौता नहुने भन्दै मन्त्री रानाले सबै पक्षसँग छलफल गरेर संरक्षणलाई प्रभावकारी बनाइने बताए । ‘ल्यान्ड सिल्ड गर्ने लिक्विडसहित नयाँ सीप, तरिका र प्रविधिलाई महत्व दिएर चुरेको भस्किने माटोलाई रोक्छौं,’ उनले भने, ‘यस्ता तरिकाहरुबारे थप छलफल गर्छु ।’

के होला यस्तो लिक्विड स्प्रे ?
विपद व्यवस्थापनविज्ञ रञ्जन दाहाल मन्त्री रानाले भन्न खोजेको प्रविधिबारे आफूले नबुझेको बताए । बायो इन्जिनियरिङमा भूक्षय रोक्न घासको बीउ राखेर स्प्रे गर्ने प्रचलन रहेको उनले बताए ।

‘बायो इन्जिनियरिङका धेरै तरिकामध्ये यो पनि एउटा त हो,’ उनले भने, ‘तर मलाई थाहा छैन कि मन्त्रीज्यूले कुन खालको लिक्विड स्प्रे भन्नुभएको हो ।’
उनले चुरे क्षेत्रको भूगोल, माटोको प्रकृति र भूक्षय हुने अवस्था हेरेर मात्रै यो प्रविधि उपयोगी रहे/नरहेको निक्र्योल गर्नुपर्ने उनले बताए ।

‘बायो इन्जिनियरिङको घाँसको बीउ राखेर स्प्रे गर्ने प्रविधि भन्नुभएको हो भने असम्भव त हैन, तर सम्भव छ/छैन भन्नेबारे पहिले अध्ययन नै हुनुपर्छ,’ दाहाल भन्छन्, ‘विदेशमा कतै-कतै यस्तो प्रविधि प्रयोग भएको छ, हामीले विद्यार्थीलाई पनि यसबारे पढाउँछौं ।

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार