• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

“जातको आधारमा अ’पमान गरि अरुको दिल दुखाउनेको कानुनी उपचार गरिनु पर्छ,समाजमा भे’दभावको अन्त्य हुनैपर्छ”- छबिलाल


काठमाडौं । समाजमा भएका अनेकौं विषयबस्तुलाई अध्ययन गर्दै अन्यायको बिरुद्वमा आफ्नो आवाज विभिन्न माध्यमबाट बुलन्द गर्दै आएका एक सचेत नागरिक छबिलाल सुबेदिले सञ्चारकर्मी रुपा सुनारलाई कोठा खोज्न जाँदा गरिएको अपमानको बारेमा आफ्नो मत व्यक्त गरेका छन् ।

सामाजिक संजालमा सञ्चारकर्मी सुनारको भिडियो भाईरल भए लगत्तै धेरैको धारण सार्वजनिक भईसकेको परिपेक्षमा सुबेदिले पनि आफ्नो अभिव्यक्ति सामजिक संजाल मार्फत दिएका हुन् । सुबेदिले सञ्चारकर्मी सुनारको आवाजलाई समर्थन गर्दै भेदभाव र कुरितिको बारेमा यसरी नै आवाज बुलन्दित गर्दै यस्तो प्रथा हटाईनु पर्छ भन्ने जोड दिएका छन् ।

उनले सुनारको हौसला र आँटको निम्ति अन्यायको बिरुद्वमा हामी छौं ,पछि नहट्नुहोला भन्दै संजालमा दरिलो रुपले उनिलाई मेन्सन गर्दै आफ्नो मत राखेका छन् । सुबेदिले समाजमा सबैले त भेदभाव गर्दैनन् तर धेरैले अज्ञानता र अहमताको कारण भेदभाव गर्ने समेत उल्लेख गर्दै यसलाई निर्मुल गर्न सबै सचेत मानिसहरु मिली जनचेतना जगाउन आवश्यक भएको कुरा पनि जोडेका छन् ।

सुबेदिले आँफ्नो सामाजिक संजालमा यसरी लेखेका छन्:”Rupa Sunar बहिनी,सबैले जातको आधारमा भेदभाव गर्छन् भन्ने कुरा त हुन्न तर नेपाली समाजमा कुन जातको भन्ने चलन छ र त्यो सोधपुछ पश्चात् क्षणभरमै केही योजना बनाई हाल्छन! सायद त्यो घरबेटीमा शिक्षाको कमि भएकोले त्यस्तो दुर्ववहार गरेको हुनुपर्छ । सहरको हालत त यस्तो छ झन् गाउँघरमा भेदभाव कस्तो होला नी? हो यसरी नै आफुँमा भएको दुव्र्यवहार खुलस्त सबैले राख्न सक्नुपर्छ साथै गाउँ गाउँमा गएर जातभातमा भेदभाव गर्नु अपराध हो ,

मानिस एक हौं भन्दै जनचेतना साथ शिक्षा दिलाई शिक्षित बनाउन जरुरत छ साथै जातिगत नाउँको आधारमा छुट्याईएको अनेकौं कोटाहरु खारेज भई सबैलाई समान गरियो भने भेदभावको अन्त्य होला नत्र कानुनमा मात्र लेखेर भेदभावको अन्त्य कहिल्यै पनि हुँदै हुन्न, व्यबहारमा परिवर्तन आउनुपर्दछ । हजुरले भोगेको अपमान सह्य छैन । सवक सिकाउनको निम्ति कानुनी उपचार गर्नै पर्छ । कुकुरलाई सम्मान गरेर मानिसलाई भेदभाव गर्नेकाम बन्द होस! मानिस ठूलो दिलले हुन्छ जातले हुदैन ।”

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार