• २०८१ असोज ७ गते सोमवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ आषाढ ०६ गते आइतवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ असार ६ गते, आइतवार, २० जुन २०२१। ज्येष्ठ शुक्लपक्ष दशमी तिथि (१२ः२७ बजेदेखि एकादशी)। चित्रा नक्षत्र (१५ः४६
बजेदेखि स्वाती)। चन्द्रराशि– तुला। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०५ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, काठमाण्डौं, नेपालमा

सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१५ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैशा खर्च हुने योगछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज जोश जाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको थालनी होला । जोश,जाँगर र हिम्मत बढ्ला । शुभ समाचार सुन्न पाइएला । राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनोरञ्जनमा सहभागीता भइएला । मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभ कार्यको चर्चा चल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेकोकार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । व्यवसायबाट लाभ मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असार ६ गते आइतवार