• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ आषाढ ०९ गते बुधवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ असार ९ गते, बुधवार, २३ जुन २०२१। ज्येष्ठ शुक्लपक्ष, त्रयाेदशी तिथि (प्रातः ५ः१३ बजेदेखि चतुर्दशी),अनुराधा नक्षत्र(प्रातः
१०ः५५ बजेदेखि ज्येष्ठा), चन्द्रराशि– वृश्चिक। इटहरी, सुनसरी,नेपालमा सूर्योदय :बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, काठमाण्डौं,

नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउनसक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धार्मिक क्षेत्रको भ्रमण हुनेछ । आफन्तसँग भेटघाट हुनेछ । साँझमा अधुरा काम बन्न सक्छ , तर नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक / सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सानतिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ, तर नयाँ लगानिको अवसर मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शेयर बजाको कारोबारमा पनि सफलता पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले सहयोग जुटाउनेछन्, शेयर बजारको कारोबार कमजोर रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शेयर बजारको कारोबार पनि राम्रै रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर शेयर बजारको कारोबारमा सफलता नपाइएला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । रोकिएको काम सुरु हुन पनि सक्छ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार