• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ आषाढ ११ गते शुक्रवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ असार ११ गते, शुक्रवार, २५ जुन २०२१। आषाढ कृष्णपक्ष, प्रतिपदा तिथि। मूल नक्षत्र (प्रातः ७ः५१ बजेदेखि पूर्वाषाढा)।
चन्द्रराशि धनु। इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ ०६:५१ बजे. चन्द्रास्त : बिहान ०६:२० बजे र चन्द्रोदय :

साँझ ०७:०० बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०७ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । शत्रु पराजित पनि हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पुनर्मिलनको योग रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा पनि हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनसक्छ । विश्वास गरेकाले साथ दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव र मानसिक चिन्ता बढेको महसुस हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै कुराले मन प्रसन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ, तर स्वास्थ्य प्रति चैं सजग रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सरकारी निकायको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार