• २०८१ कार्तिक ९ गते शुक्रवार
  • Preeti To Unicode

४ अनलाइन कालो’सूचीमा, जनताटाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले का’ट्यो पत्र …


काठमाडौँ-प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उ’ल्लंघन गरेको विषयमा वि’भिन्न अनलाइनलाई लिखित पत्र काटेको छ । इहिमालयटाइम्स, वीरगञ्जसिटी, ए’नआरएनखबर र को’शीपाटीलाई अ’वज्ञाकारी, का’लोसूचीमा राखेको छ ।काउ’न्सिलले विहीबार वि’ज्ञप्ति जारी गर्दै

नेपालआज डटकम, देशसञ्चार डटकम, से’तोपाटी, जनता टाइम्स,रिपोर्टसनेपाल, सफ’ल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भा’नुभक्त आचार्य’लाई लिखित पत्र काटेको जनाएको छ । काउ’न्सिलले पछिल्लो प’न्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र स’म्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई प’त्राचार गरेको वि’ज्ञप्तिमा जनाइएको छ।

यसैबिच पछि’ल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सा’मग्रीप्रति स’मेत प्रेस काउन्सिल नेपालको ध्या’नाकर्षण भएको छ । पत्र’कार आ’चारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(२) मा ‘पत्रकार तथा सञ्चार’माध्यमले जातीय, लै’ङ्गिक, धा’र्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आ’स्था, वर्ण वा शारीरिक,

मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन÷प्रकाशन÷प्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समा’चार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पु¥याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आ’मसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ । यससम्बन्धमा सम्प्रेषित समाचार सामग्रीप्रति काउन्सिलले अनु’गमन गरिरहेको समेत जानकारी गरा’उँदछौँ ।

हेरौँ विज्ञप्तिको पुर्णपाठ:

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार