• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

तिब्बतमा चुरे पहाड र खोलानाला पार गर्दै हुँइकियो बुलेट रेल ! हेर्नुस ७५ प्रतिशत पुल र सुरुङभित्रबाट यात्रा!


ल्हासा:चीनको दक्षिण पश्चिममा पर्ने तिब्बतमा आज बिहानबाट विद्युतीय रेलवे सेवा सञ्चालनमा आएको छ। तिब्बतको राजधानी ल्हास्सालाई नियाङ्ची जोड्ने यो
यस क्षेत्रकै पहिलो बुलेट ट्रेनको औपचारिक सुरुवात हो। ४ सय ३५ किलोमिटर लामो नयाँ ट्र्याकमा १ सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा रेल कुद्न सुरु भएको हो।

यो रेलवे सिंगल लेन हो। ल्हास्सा र शानन र नियाङ्चीमा गरी नौ वटा स्टेसन रहेको रेलले यात्रु र कार्गो ढुवानी गर्नेछ। भर्खरै सुरु भएको यसको सेवाले दक्षिण पूर्वी तिब्बतलाई पहिलो पटक रेलवे यात्रामा जोडेको हो। सडक यात्राको तुलनामा ल्हास्सा –

नियाङ्चीबिचको यात्राको अवधिलाई यो रेलवे सेवाले ५ घन्टाबाट घटाएर करिब साढे तीन घन्टामा झारेको छ। त्यसैगरी शाननबाट नियाङ्ची पुग्न लाग्ने समय ६ घन्टाबाट दुई घन्टामा झारेको छ।

यो फक्सिङ बुलेट ट्रेनको अर्को महत्वपूर्ण विशेषता के हो भने यो पूर्णरुपमा चीनमा नै स्वतन्त्र रुपमा तयार भएको हो। चीनको मेनल्यान्ड र सबैजसो प्रान्तहरुमा फुक्सिङ रेल सेवा सञ्चालनमा छ। फुक्सिङ रेल १ सय ६० किलोमिटर प्रतिघन्टा देखि ३ सय ५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा यात्रा गर्न सक्छ। यसलाई रेलवे प्रविधिमा चीनको ठूलो फड्कोका रुपमा पनि लिइएको छ।

यो रेलवेको निर्माण सन् २०१५ मार्चदेखि सुरु भएको थियो। १ लाख ३० हजार भन्दा धेरै कामदारहरु हिमाली क्षेत्रमा रेल निर्माणमा जुटेका थिए। यसको अर्को विशेषता के हो भने ९० प्रतिशत हिस्सा समुन्द्री सतहभन्दा ३ हजार मिटर माथि रहेको छ।

रेल ४७ वटा सुरुङ र १ सय २१ पुल हुँदै अगाडि बढ्छ। यारलुङ जाङ्बो नदीमात्रै पुलले १६ पटक वारपार गर्छ। रेलवेको करिब ७५ प्रतिशत हिस्सा सुरुङ र पुलहरुले मात्र लिएका छन्। त्यसैले यो रेलवे निर्माणलाई अत्याधिक कठिनमध्येको मानिएको थियो।

यो रेलले वार्षिक रुपमा एक करोड टन सामान ओसार्न सक्छ जसले तिब्बतको आयात क्षेत्रमा क्रान्तिकारी छलाङ हुनेछ। –सिन्हवा

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार