• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै एन्ड्रोइड एप चलाउन सकिने


दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्ट ले आफ्नो नयाँ संस्करण को कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक
भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ

सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब ३० करोड डिभाइसमा विन्डोज १० अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।विन्डोजको यो नयाँ सफ्टवेयरको माध्यमबाट अब विन्डोज डेस्कटप कम्प्युटरमै एन्ड्रोइड एप चलाउन सकिनेछ ।हाल विन्डोज १० मा पनि एन्ड्रोइड एपहरु चलाउन सकिने भएतापनि त्यसका लागि थ्यगत एजयलभ एप डाउनलोड गर्नु पर्दथ्यो, जुन माइक्रोसफ्टले गत वर्ष ल्याएको थियो ।अब अमेजन एपस्टोरमा रहेका ५ लाख भन्दा धेरै एन्ड्रोइड एपहरु विन्डोज स्टोरमा प्राप्त हुनेछन्, त्यसमा टिकटकदेखि नेटफि्लक्स, डिज्नी प्लसलगायतका हुनेछन् । तर गुगल प्ले स्टोरमा रहेका सबै ३५ लाख एपहरु विन्डोजमा उपलब्ध हुनेछैनन् । आफ्नो विन्डोजमा एन्ड्रोइड एप डाउनलोड गर्नका लागि अमेजन एपस्टोरको एप पहिले डाउनलोड गरेर अमेजन अकाउन्टमा लगइन गर्नुपर्ने बताइएको छ ।

माइक्रोसफ्ट कम्पनीका प्रडक्ट म्यानेजर पानोस पानेले नयाँ विन्डोजमा स-साना तथा छिटो छिटो सेक्योरिटी अपडेटहरु उपलब्ध हुने र यस्तो अपडेट पृष्ठभूमिमा भैरहने बताए ।विन्डोज ११ को अर्को महत्वपूर्ण फिचर भनेको प्रयोगकर्ताले एउटै डेस्कटपमा मल्टिपल स्त्रिmन बनाएर प्रयोग गर्न सक्नेछन् । अर्थात् म्याक कम्प्युटरमा झैँ वर्क, होम र गेमिङ गरेर विविध डेस्कटप बनाउन सक्नेछन् ।माइक्रोसफ्टका अनुसार विन्डोज ११ को प्रारम्भिक संस्करण डेभलपरहरुका अनुसार आगामी हप्ता जारी गरिनेछ । तर आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुनेछ भन्ने चाहिँ खुलाइएको छैन ।

विन्डोज ११ मा भएको अर्को महत्वपूर्ण परिवर्तनचाहिँ स्टार्ट बटन स्क्रिनको बीच भागमा ल्याइएको छ । स्टार्ट मेनुमा वेब, वनड्राइभ तथा कम्प्युटरमा सर्च गर्नका लागि सर्च बार राखिएको छ ।विन्डोज स्टोरलाई नयाँ लुक्स दिइएको छ र आइकन तथा लेआउटलाई अपडेट गरिएको छ । यसका साथै विन्डोज स्टोरमा एन्ड्रोइड एपहरु पनि उपलब्ध हुनेछन् । एप डेभलपरहरुले इनएप पर्चेज अर्थात् विन्डोज स्टोरमा एप खरीदको भुक्तानीका लागि विभिन्न विकल्प प्राप्त गर्नेछन् र यस्तो कारोबारमा माइक्रोसफ्टले कुनै रकम कट्टा गर्नेछैन । यो फिचर एप डेभलपरहरुका लागि निकै उत्साहप्रद रहेको बताइएको छ ।

स्मरण रहोस् एप्पलले एप स्टोरबाट हुने एप खरिदको कारोबारमा ३० प्रतिशत रकम कट्टा गर्ने गर्दछ ।साथै माइक्रोसफ्टको सञ्चार प्लाटर्फम टिम्ससँग पनि यो अपरेटिङ सिस्टमलाई बढी कसिलो बनाइएको पनि कम्पनीले दाबी गरेको छ । साथै विन्डोज ११ मा लोकपि्रय एक्सबक्स गेम पास पनि पि्रइन्स्टल्ड हुनेछ ।

विद्यमान विन्डोज १० प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा निःशुल्क रुपमा विन्डोज ११ अपडेट गर्न सक्नेछन् । यद्यपि यसका लागि कम्प्युटरमा न्यूनतम ६४ जिबी स्टोरेज तथा ४ गिगाबाइटको र्याम आवश्यक पर्नेछ ।
एजेन्सी

प्रकाशित मिति : २०७८ असार ११ गते शुक्रवार