• २०८१ भाद्र २९ गते शनिवार
  • Preeti To Unicode

माधव समूहको निष्कर्ष : ओलीले बोलाएको बैठक अवैध, सहभागी नहुने


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको
निष्कर्ष निकालेको छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।बुधबार बसेको

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।सोही विषयमा छलफल गर्न बिहीबार माधव नेपाल समूहको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालले बताए ।भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन’ उनले भने,

‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए । ‘पार्टी एकताका लागि हाम्रो इमान्दार प्रयत्न जारी रहन्छ । त्यस्तै प्रयत्नको अपेक्षा गर्छौं’ भुसालले भने ।

नेकपा (एमाले) माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको छ । बिहीबार बसेको नेपाल समूहको बैठकले ओलीले बोलाएको बैठकमा नजाने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाउनु अगाडि स्थायी कमिटी बैठक बस्नुपर्ने र त्यसको आधारमा मात्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने अडान नेपाल समूहले अगाडि सारेको छ ।

प्रकाशित मिति : २०७८ असार १७ गते बिहिवार