• २०८१ साउन ११ गते शुक्रवार
  • Preeti To Unicode

ओलीले आज बोलाएको बैठक गुटको हो, एमालेको हैन: रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलि बोलाइएको नेकपा एमालेको बैठकलाई गुटगत भएको बताउनु भएको छ। उहाँले सामाजिक संजाल फेशकुक मा भोलि बस्ने बैठकलाई नितान्त ओली समूहको एकाले गुटको बैठक बताउनु भएको छ ।उक्त बैठकले आफूहरुले

उठाएको राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन नहुने भएकोले सहभागी नहुने पनि नेतृ झाँक्रले बताउनु भएको छ । भ्रममा नपरौ ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन । आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ। पार्टी एकताको नाममा छरेको भ्रमको पर्दा पनि उतारिएको छ। हिजो ओली गुटको बैठकले २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।

एमाले अध्यक्ष ओलीले बोलाएको बैठक अबैध, नेपाल समूह सहभागी नहुने
नेकपा (एमाले)का बरिष्ठ नेता माधब कुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक अबैध भएको निष्कर्ष निकालेको छ । साथै, नेपाल समूहले अध्यक्ष ओलीले शुक्रबार बोलाएको उक्त बैठकमा सहभागी नहुने पनि जनाएको छ ।

शुक्रबार बोलाइएको बैठक अवैध कमिटीले डाकेको बैठक भएको र उक्त बैठक पार्टी एकताको पक्षमा नदेखिएको नेपाल समूहको ठहर छ । साथै नेपाल समूहले पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र सोही अनुरुप बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान पनि गरेको छ ।

हिजो (बुधबार) बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । सो बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ असार १८ गते शुक्रवार