• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

एमालेमा कार्यदल ब्यूँतियो, ओलीलाई भेटेपछि भिम रावल फेरीए, उत्साही हुँदै दिए यस्तो प्रतिकृया


काठमाडौं नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ।कार्यदलको बैठक सोमबार बेलुका ६ बजे सिंहदरबारमा
बस्दैछ । कार्यदल मा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने सदस्यहरु मा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल

र विष्णु रिमाल छन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन् भने सदस्यहरुमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।२ जेठमा गठित कार्यदलको बैठक ६ जेठ पछि बस्न सकेको थिएन । कार्यदलका संयोजक रावललाई १२ जेठमा अध्यक्ष ओलीले निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो । तर अनौपचारिक संवाद भने कायमै थियो । अनौपचारिक संवाद चलिरहेका बेला औपचारिक बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको कटु आलोचक रहेका नेकपा (एमाले) का उपाध्यक्ष डा। भीम बहादुर रावल आइतवार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि परिवर्तन भएका छन् । उनी प्रधानमन्त्रीसँगको भेटपछि उत्साही बनेका छन् । आइतवार अबेर राती उनी वालुवाटार पुगेका थिए ।

एमालेमा देखिएको तिब्र मतभेदकाबीच उनलाई वालुवाटारवाट निम्ता आएपछि मध्यरातीसम्म उनी त्यतै थिए । प्रधानमन्त्री ओली र रावलबीच गम्भिर कुराकानी भएको बुझिएको छ । दोस्रो तहका नेताहरु पार्टी एकताका लागि भन्दै वार्तामा रहे पनि योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेतालाई माधवकुमार नेपालले विश्वास गर्न छोडिसकेका छन् । त्यसैले ओलीले नेपालका निकै नजिक रहेका रावललाई छलफलका लागि बोलाएको अनुमान लगाउन सकिन्छ ।

उक्त भेटवार्तामा पार्टी एकताबारे गम्भीर कुराकानी भएको रावलले जनाएका छन् । उहाँले प्याकेजमै कुरा गरौं भन्नुभएको छ’ रावलले उत्साही हुँदै प्रतिकउया दिएका छन् । रावलले पार्टी एक बनाउनको लागि अन्तिमसम्म आफूहरु लागिपर्ने बताए ।

गत शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २३ जना सांसदलाई शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन सोमवार साँझ ५ बजेसम्म अन्तिम समय दिएको छ ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार