• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए जसपा दुबै पक्ष


जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर भएको छ । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकता
को साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल

गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । छलफलपछि निर्वाचन आयोग स्रोतले रातोपाटीसँग भन्यो, ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ ।अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ। आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

जसपामा सहमतिको च्याप्टर क्लोज, आधिकारिकताको प्रक्रिया अघि बढाउने निर्णय
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सहमतिको सम्भावना सकिएको छ । अब निर्वाचन आयोगले एउटा पक्षलाई आधिकारिकता दिनुपर्नेछ ।उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन निवेदन दिएपछि आयोगले दुवै पक्षलाई बोलाएको थियो । तर मंगलबारको बैठकमा कुनै सहमति जुटेन ।निवेदक पक्षका तर्फबाट उपेन्द्र यादव, महेन्द्र राय, राजेन्द्र श्रेष्ठ, प्रकाश अधिकारी र मृगेन्द्र सिंह उपस्थित थिए भने

अर्को पक्षबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, केशव झा र सुरेन्द्र झा उपस्थित भएका थिए ।आयोगले सहमतिका लागि गराएको छलफलमा यादव र ठाकुर पक्षबीच सहमति हुन सकेन ।अध्यक्ष उपेन्द्र यादवले पार्टीमा छुट्टाछुट्टै गतिविधि भएको र सँगै बस्न सक्ने अवस्था नभएको बताए । अर्का अध्यक्ष ठाकुरले भने उपेन्द्र यादवको पार्टी फुटको अवस्थामा पुगेको बेला एकता गरेर आफूहरुले जोगाइदिएको, तर अहिले बिर्सिएको गुनासो गरे । मागमुद्दा छाडेको र अग्रगमन भन्दै प्रतिगमनतिर लागेको भन्दै उनले यादव पक्ष सच्चिएर आए सँगै हिंड्न सकिने बताए ।

जवाफमा यादव पक्षले सँगै बस्ने अवस्था नभएकाले आधिकारिकताबारे निर्णय गरिदिन निवेदन दिएको बताए । एक नेताका अनुसार दुवै पक्षबीच सहमति नभएकाले ऐनअनुसार पार्टीको आधिकारिकताबारे निर्णय गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार