• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेकपा एमाले विवाद : कार्यदलको बैठक बिना निष्कर्ष टुंगियो


काठमाडौं : नेकपा ( एमाले ) विवाद समाधानका लागि गठित कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएको छ।मंगलवार सिंहदरवारमा
बसेको बैठक टुंगोमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकरी दिए।आजको बैठकमा विवाद समाधनका लागि विभिन्न विकल्पमाथि छलफल

भएको उनले बताए। तर कुनै पनि विकल्पमा समान धारणा भने बन्न सकेन।’विभिन्न कोणबाट, के-केमा विमति भएका छन् भन्नेबारेमा छलफल भयो,’ उनले भने।यस्तै, कार्यदलका अर्का सदस्य रघुजी पन्तले विवादबारे बुँदागत छलफल भएको जानकारी दिए।’विषयमा बुँदागत छलफल भयो। त्यसमा आफ्नो धारणा राख्ने काम भयो,’ उनले भने। छलफललाई निरन्तरता दिने र भोली फेरी बैठक बस्ने सहमति भएको उनले बताए।कार्यदलको सोमवारको बैठकमा छलफल भए पनि औपचारिक रुपमा पार्टी विवादबारे विषय प्रवेश भएको थिएन। कार्यदलले झण्डै साढे ३ घण्टा छलफल गरेको थियो।

ओली र असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललाई मिलाउन दोस्रो तहका नेताहरुले अनौपचारिक रुपमा छलफल गर्दै आएका थिए। उनीहरुको छलफल मार्फत समाधान हुन नसकेपछि कार्यदल मार्फत सहमतिको गृहकार्य सुरु भएको हो।

ओली समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री र प्रतिनिधिसभा विघटनको निर्णय विरुद्धमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका थिए। यस्तै, नेपाल समूहले प्रतिनिधि सभा विघटनको निर्णय ओलीले फिर्ता लिनुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन।

दुवै नेताको अडान राजनीतिक प्रकृतिको मानेर थाति राखेर सहमतिको प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार