• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्वमाओवादी नेता निर्वाचन आयोगमा


काठमाडौं। सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन
आयोगमा निवेदन दिएका छन् ।माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन्।

माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन् ।निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए । उनीहरु सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका थिए ।एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गएको थियो ।

पार्टीबाट कारबाहीमा परेका नेताहरु नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोग गएका छन् । सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेपछि नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसद र नेताहरु पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दिन गएका हुन्।

नेकपा विघटनपछि एमालेमा लागेका पूर्वमाओवादी नेताहरु कारबाहीमा परेका थिए। पूर्वसांसद रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, प्रभु साह,टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीसहितको टोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी दिन निर्वाचन आयोग जान लागेको भए पनि बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन्।

उनीहरुले ५ वर्षमा महाधिवेशन हुनुपर्नेमा हालसम्म नभएकाले माओवादी केन्द्रको वैधानिक सकिएको बताएका छन्। माओवादी केन्द्रको महाधिवेशन २०७१ जेठमा हेटौँडामा गरिएको थियो। त्यसपछि माओवादीले महाधिवेशन गर्न सकेको छैन। माओवादी नेतृत्वमा लामो समयदेखि प्रचण्ड अध्यक्ष रहँदै आएका छन्।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार