• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

कार्यदलमा बनेको सहमतिलाई अन्तिम रुप दिन ओली-नेपाल छलफलमा


काठमाडौं:नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ।होटल मेरियटमा
दुईनेताबीच भेटवार्ता भइरहेको हो।विवाद समाधानका लागि कार्यदल स्तरमा भएको सहमतिलाई अन्तिम रुप दिन दुई नेताबीच भेट भएको हो।बुधबार

कार्यदलमा भएको सहमतिको खाकालाई अन्तिम रुप दिनेबारेमा ओली-नेपालबीच भेट भएको ओली निकट एक नेताले बताए। एमाले कार्यदलका सदस्यहरुले आजै नेताहरुबीच भेट हुनसक्ने बताएका थिए।एमाले विवाद समाधानका लागि सोमबार, मंगलबार र बुधबार लगातार ३ दिन बैठक बसेको थियो। उक्त बैठक सहमतिको नजिक पुगेको कार्यदलका सदस्यहरुले बताएका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता र ओलीले गरेको प्रतिनिधिसभा विघटन फिर्तालाई दुबै समूहले शर्तका रुपमा अघि सारेका थिए।बालुवाटारमा असार १८ र १९ गते बसेको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताका लागि नेपाल समूहलाई अल्टिमेटम दिएको थियो।

तर तोकिएको समयमा हस्ताक्षर फिर्ता भएको थिएन। विवाद बढ्दै गएपछि अध्यक्ष ओलीले नेपाल समूहका नेता भीम रावललाई बालुवाटारमै बोलाएर छलफल गरेका थिए। भेटपछि कार्यदल स्तरमा विवादबारे छलफल सुरु भएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ ।

कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो । दुई नेताबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता भएको छ ।एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले भेटवार्ता अस्वीकार गरेका थिए ।

गत शनिबार दुई नेताबीच टेलिफोन कुराकानी भए पनि सकारात्मक हुन सकेको थिएन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । नेता नेपालले भने हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार