• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले एकता वार्ता स्थगित: अर्थमन्त्री पौडेल अनुपस्थित, भोली साढे ११ बजे पुन: बस्ने


नेकपाएमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक कुनै प्रगति विनै सकिएको छ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहीबार
दोस्रो पटक बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न नसकेपछि प्रगति शून्य भएको हो । यद्यपि एमाले नेता सुवास नेम्वाङले भोलि बस्ने बैठकले

निश्कर्ष निकाल्ने बताए । ‘भोली साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउने छ । हामी आशावादी छौ’ नेम्वाङको भनाई छ । चार दिनदेखि लगातार छलफलमा बसेको कार्यदलका सदस्यहरु सहमति नजिक पुगेको दाबी गर्दै आएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गरेका थिए ।कार्यदलमा ओली पक्षको संयोजक रहेका सुवास नेम्वाङले त भरसक आजै (बिहीबार) निष्कर्षमा पुर्‍याउने जोड रहेको बताएका थिए ।

माधव नेपाल समूहबाट कार्यदलमा रहेका गोकर्ण विष्टले लगभग समाधानको विन्दुमा पुगेको दाबी गरेका थिए ।बिहीबार साँझ ७ बजे अर्थ मन्त्रालयमा कार्यदलको बैठक पनि बोलाइएको थियो । तर बैठकमा कार्यदलका सदस्य एवं उपमहासचिव विष्णु पौडेल अनुपस्थित रहे ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल मन्त्रिपरिषद् बैठकमा जानु परेको भन्दै आएनन् । अरु सदस्यले छलफल गरे र उठे । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै कार्यदलका सदस्य एवं एमाले उपमहासचिव घनश्याम भुसालले भने, ‘विहान जे थियो, त्यही नै छ ।’

आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए। मन्त्रिपरिषद बैठक चलिरहेकाले पौडेल बैठकमा उपस्थित नभएपछि भोलि बिहान साढे ११ बजे बस्ने गरि आजको बैठक सकिएको हो।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार