• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले कार्यदल बैठक : भोलि शनिबार सहमति लाई अन्तिम रुप दिइने


काठमाडौं । नेकपा एमाले को एकताका लागि क्रियाशील कार्यदल ले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन
गरेर भोलि शनिबार सहमति लाई अन्तिम रुप दिइने दाबी कार्यदल का सदस्य प्रदीप ज्ञवालीले बताए ।एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता

माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको थियो । कार्यदलका सदस्यहरुका अनुसार २ जेठ २०७५ मा फर्किने र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे दुबै पक्ष सहमति नजिक पुगेका छन् ।यद्यपि दुबै पक्षले थप छलफल गरेर आउने भनेकाले विषय खुलाउन नमिल्ने नेताहरुले बताएका छन् । कार्यदलका एक सदस्य भन्छन्, ‘हिजोभन्दा एक कदम अगाडि बढेका छौं । तर सहमतिमा पुग्न अझै अर्को कदम चाल्न आवश्यक छ ।’कार्यदलका सदस्य ज्ञवालीले भने पार्टी एकतालाई सुदृढ गर्ने सन्दर्भमा आफूहरु लगभग सहमतिमा पुगेको बताएका छन् । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दै उनले भने, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं ।’यद्यपि उनले पनि केके सहमति भयो भन्ने खुलाएनन् । भोलि अपरान्ह बस्ने बैठकले सहमतिलाइृ अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गर्ने कार्यदल सदस्य ज्ञवालीले बताए ।

बैठकपछि ज्ञवालीले दिएको प्रतिक्रिया उनकै शब्दमा
कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं । सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं । तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।

नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।
एमाले कार्यदल बैठक : विवाद शनिबार टुङ्ग्याउने सहमति
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलमा एमालेलाई एकताबद्ध राख्ने सहमति जुटेको नेताहरुले दावी गरेका छन् । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई छ । बैठकपछि कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिए ।

‘केही भाषिक शुद्धता मिलाउनुपर्ने भएकाले भोलि फेरि बैठक बस्ने गरेर आठ घण्टा लामो बैठक सकिएको छ । एमालेको भविष्य के हुन्छ भनेर चिन्ता गरिरहेका कार्यकर्तालाई पार्टी एकता हुन्छ भन्ने कुरामा विश्वस्त हुन आग्रह गर्दछु’ ज्ञवालीले भने-‘आजको बैठकले एकताको आधार तय गरिसकेको छ । भोलिको बैठकले त्यसलाई अन्तिम रुप दिन्छ । विवादमा कसरी सहमति खोजियो भन्ने बारेमा पनि भोलि थाहा पाउनुहुनेछ ।’

त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताए । उनले बाँकी विषयमा भोलि छलफल गरेर सहमति जुट्ने बताए । ‘आधा दर्जन विषयमा छलफल भयो, एकाध विषयमा छलफल बाँकी रह्यो, भोलि निष्कर्षमा पुग्छौ’ विष्टको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार