• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कोटेश्वरबाट माधव पक्षका नेताहरु फर्किए : कार्यदलको बैठक सुरु


माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक
अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । सो छलफलबाट उनीहरु फर्किएसँगै

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो । कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार भाषिक शुद्धता लगायतका विषयलाई पूर्णता दिएर टुङ्ग्याउने जानकारी दिएका थिए । त्यस्तै कार्यदल सदस्य गोकर्ण विष्टले पनि लामो छलफलपछि सहमतिमा पुगेको बताएका थिए ।

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगे
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् । नेता नेपाललाई भेट्न शनिबार दिउँसो प्रचण्ड कोटेश्वर पुगेका थिए ।

स्रोतका अनुसार, प्रचण्ड र नेता नेपाल बीच केहीबेर कुराकानी भएको थियो । ‘माधव कमरेडको स्वास्थ्य अवस्थाबारे कुराकानी भयो । अरु विषयमा कुरा भएन’, स्रोतले भन्यो ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार