• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ – गोकर्ण विष्ट


काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदल अझै सहमतिमा पुग्न सकेन । यद्यपि भोलिसम्म सहमतिमा पुग्ने
प्रयास हुने नेताहरुले बताएका छन् ।शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या

के थिए ? कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले भने, ‘भोलि सुखद समाचार सुन्न पाउनुहुन्छ ।’लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।

प्रचण्डसँगको भेटबारे माधव नेपालको स्पष्टीकरण : स्वास्थ्यबारे जानकारी लिने बाहेक अरु कुरा भएन
नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले जनै खटिरा आएका कारण केही दिनदेखि घरमा आराम गरिरहेको बताएका छन्। उनको सचिवालयले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको शनिवारको भेटबारे प्रष्ट पार्दै नेपाललाई जनै खटिरा आएको उल्लेख गरेको छ।

नेपालका स्वकीय सचिव मोहन गौतमले प्रचण्डले स्वास्थ्य अवस्थाको जानकारी लिने बाहेकको कुराकानी नभएको बताएका छन्।‘आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु,’ गौतमले उल्लेख गरेका छन्।नेकपा (एमाले)को विवाद समाधानका लागि शनिवार निष्कर्षमा पुग्न लागेको बताइएका बेला प्रचण्ड-नेपालबीच भेट भएको थियो।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार