• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

अदालतलाई प्रभावित पार्ने शब्द राखेको भन्दै माधव नेपालले फर्काए मस्यौदा


नेकपा एमाले को एकता का लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली
राखिएको भन्दै माधव नेपाल ले फिर्ता पठाइदिएका छन् । शनिबार कार्यदल ले तयार पारेको मस्यौदा माथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल

सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ । अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने नेता नेपालले यसअघि नै बताउँदै आएका थिए । सिंहदरबार बैठकमा सहभागी कार्यदलका एक सदस्यले भने, ‘नेता नेपालले शब्दावली सच्याउन भन्नुभएको छ, हामी त्यसमाथि छलफल गरेर टुंगोमा पुग्छौं ।’एमाले वरिष्ठ नेता नेपालको भनाइ उदृद्ध गर्दै कार्यदलका सदस्यले भने, ‘मेरो अडान क्लियर छ, त्यो भन्दा यताउता भएमा सहमत हुन सकिन्न ।

नेपाल पक्ष सिंहदरबार फर्किएपछि कार्यदल बैठक सुरु
नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।विहान ८ बजेका बैठक बस्ने भनिएपनि वरिष्ठ नेपाल माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटे लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।

नेता नेपालको निवासमा एक घण्टा छलफल गरेर उनीहरु सिंहदरबार पुगेपछि बैठक सुरु भएको छ ।अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका सदस्यहरु ८ बजे नै बैठकस्थल पुगिसकेका थिए । आजको बैठकले सहमतिको मस्यौदा तयार तयार गर्ने कार्यदल सदस्यको दाबी छ ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार