• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

निधारमा केपी बा ! : ओलीको समर्थनमा युवा संघ सडकमा (फोटोफिचर)


पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा सत्तारुढ दल निकट युवा संघका नेता कार्यकर्ताले सडकमा ‘आई लभ यु केपी बा’ को नारा
लगाए । उनीहरुको सो नाराको निकै चर्चा पनि भयो । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन

लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शनलगायत आफ्नो गतिविधि बढाएको छ । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् । राजधानीमा आइतबार भएको प्रदर्शनका क्रममा उनीहरुले केपी ओली राजनेता भएको दावी गर्दै उनको पक्षमा नाराबाजी गरेका थिए ।

राष्ट्रिय झण्डा र ओलीको ठूलो फोटोसमेत बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘आई एम विथ केपी’ ओलीको नारा पनि लगाएका थिए ।

प्रकाशित मिति : २०७८ असार २७ गते आइतवार