• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

राशिफल : वि.सं. २०७८ आषाढ २९ गते मङ्गलवार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल


२०७८ असार २९ गते,आइतवार, १३ जुलाई २०२१। आषाढ शुक्लपक्ष तृतीया तिथि प्रातः ७ः०६ बजेदेखि चतुर्थी।मघा नक्षत्र। चन्द्रराशि–
सिंह। इटहरी, सुनसरी, नेपालमा सूर्योदय:बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०६:५० बजे, चन्द्रोदय : बिहान ०७:५२ बजे र चन्द्रास्त:बेलुका

०८:४२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१८ बजे र सूर्यास्त : साँझ ०७:०० बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:२२ बजे र सूर्यास्त : साँझ ०७:०६ बजे, आषाढ शुक्लपक्षको तृतीया तिथि, बिहान ०७:१० बजेसम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्यको योजना समेत बन्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धार्मिक यात्राको योग पनि छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघी बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कीर्तिमानी काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारको लगानी भने कमजोर रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ला, तर खर्च पनि बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिने समय छ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । प्रेममा मधुरता पनि छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ, तर आफन्तको साथ मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साँझमा भने अधिक धन खर्च भने हुन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार