• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

युवा संघले ब्यूँतायो युथफोर्स : ओलीको स्वागतमा बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन लगाउन निर्देशन


काठमाडौं। नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा
उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो ।कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश

बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए ।बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट जाँदा स्वागत गर्न समेत निर्देशन दिए । उनले भने, ‘बालुवाटारदेखि बालकोटसम्म गाडीको लाइन हुनेछ । हजारौं समर्थकले स्वागत गर्नेछन् ।’बस्नेतले एमाले छिट्टै सरकारमा फर्किने दाबी गरे । सर्वोच्चको आदेशपछि प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवाले एक महिनापछि विश्वासको मत नपाएपछि एमालेले बहुमतसहित दाबी गर्ने उनले बताए ।

कार्यदलले माधव नेपाललाई बुझायो १० बुँदे सहमति
नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाललाई कार्यदलस्तरमा भएको १० बुँदे सहमति बुझाएको छ । कार्यदलका सदस्यहरु भीम रावल, सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाएका हुन् ।

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।

सहमति पत्र बुझाउन सोमबार भीम रावल बालुवाटार पुगेका थिए । अध्यक्ष ओली समूहको स्थायी कमिटी बैठक चलिरहेका बेला रावल सहित कार्यदलका सदस्यहरुले सहमतिपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार