• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

शीतल निवासले देउवालाई पठायो यस्तो पत्र


काठमाडौँ:शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरिकनै प्रधानमन्त्री पदमा नियुक्त गरेकी छन्
। सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको हो । तर विज्ञप्तिमा

संविधानको कुनै धारा उल्लेख छैन । नवनियुक्त प्रधानमन्त्री देउवालाई पठाइएको पत्रमा ‘सर्वोच्च अदालतको फैसला बमोजिम उनलाई नियुक्त गरिएको’ मात्रै उल्लेख छ ।”सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८र३र२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।यससँगै कांग्रेस सभापति समेत रहेका देउवा पाचौँ पटक देशको प्रधानमन्त्री बनेका छन् ।

माओवादीबाट जनार्दन अर्थमन्त्री, ऊर्जामा पम्फा
काठमाडौं। नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष
पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री

बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।

आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

प्रकाशित मिति : २०७८ असार २९ गते मङ्गलवार