• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

देउवालाई विश्वासको मत दिने यी हुन् एमालेका २२ सांसद


काठमाडौंप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान
गरेका छन् ।देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई

अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् ।देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन् ।

ओली पक्षका ४ सांसदले गरे फ्लोर क्रस
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा ओली पक्षका ४ सांसदले फ्लोर क्रस गरेका छन् । ओली पक्षका ४ सांसद धनबहादुर बुढा, गोपाल बम, किसन श्रेष्ठ र प्रेम आले देउवालाई बिस्वासको मत दिएको सांसद मेटमणी चौधरीले रातोपाटीलाई जानकारी दिए ।

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् ।

राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार