• २०८१ साउन १२ गते शनिवार
  • Preeti To Unicode

भीम रावलले मागे माफी, अब पार्टी जोगाउनुपर्नेछ : घनश्याम भुसाल


एमाले नेता भीम रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी मागेका छन् । अछामी मतदाताका सामु स्वच्छ र
नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा

सदस्यबाट राजीनामा दिएको भन्दै रावलले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् । ‘जनता,विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु’, रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

अब पार्टी जोगाउनुपर्नेछ, जोगाइनेछ : घनश्याम भुसाल

एमाले नेता तथा सांसद घनश्याम भुसालले अब पार्टी जोगाउन जरुरी भएको प्रतिक्रिया दिएका छन् । संसद जोगिएको भन्दै उनले अब पार्टी जोगाउनुपर्ने र त्यो सम्भव रहेको पनि उनको भनाइ छ ।‘संसद जोगाउनुपर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनुपर्नेछ, जोगाइने छ’, भुसालले ट्वीटरमा भनेका छन्,

‘हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि उनले आफूहरु अब उठ्ने र धुलो टक्टक्याउॅदै अगाडि बढ्ने समेत बताएका छन् ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार